कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा पुण्यप्रसाद लाई नियुक्त गर्ने तयारी

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा पुण्यप्रसाद लाई नियुक्त गर्ने तयारी

काठमाडौँ । गत बर्ष देखि रिक्त रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा पुण्यप्रसाद रेग्मीलाई नियुक्त गर्ने तयारी गरिएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भएको छलफलमा रेग्मीलाई उपकुलपति बनाउनेबारे सहमति भएको हो।

यस्तै अध्यक्षद्वयबीच दाङस्थित संस्कृत विश्वविद्यालयमा यादव लामिछानेलाई उपकुलपति बनाउने सहमति भएको स्रोतले जानकारी दियो। सत्तारूढ नेकपाभित्रैबाट सहमति नहुँदा यीलगायत पोखरा विश्वविद्यालयमा पनि उपकुलपतिसहित पदाधिकारी छैनन्।

विश्वविद्यालय पदाधिकारीविहीन हुँदा दैनिक प्रशासनिक कामदेखि शैक्षिक क्षेत्रका कामसमेत प्रभावित बनेका छन्। केही समयअगाडि विश्वविद्यालयमा रिक्त रहेका पदाधिकारी नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार