गाब्रिएल जिसस तीन हप्ता मैदान बाहिर

गाब्रिएल जिसस तीन हप्ता मैदान बाहिर

इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रिएल जिसस कम्तीमा तीन हप्ता खेल्न नसक्ने भएका छन्। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएको सोमबार राति भएको खेलमा चोटग्रस्त भएका उनी तीन हप्ता मैदान बाहिर रहने भएका हुन् ।

२३ वर्षका जिसस गएको सोमबार वुल्भ्ससँगको खेलमा पूरै समय मैदानमा थिए । सिटीका अर्का स्ट्राइकर सर्जिओ अग्युरो अझै सात हप्ता मैदान बाहिर रहने छन् । उनी घुँडाको चोटका कारण खेल्न सकेका छैनन् ।

ब्राजिलको फुटबल फेडेरेशनले पनि उनलाई बोलिभिया र पेरुसँगको आउँदो खेलको टिमबाट बाहिर निकालेको छ । ब्राजिलले अक्टोबर ९ मा बोलिभिया तथा अक्टोबर १३ मा पेरुसँग खेल्ने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार