नार्कको कार्यकारी निर्देशकमा भण्डारी नियुक्त

नार्कको कार्यकारी निर्देशकमा भण्डारी नियुक्त

काठमाडौं । तीन वर्ष देखि रिक्त रहेको नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा सरकारले डाक्टर दीपक भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले कृषि अनुसन्धान परिषद्‌मा नार्क डाक्टर दीपक भण्डारीलाई नियुक्ति गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो। नार्कको कार्यकारी निर्देशक यमराज पाण्डेको कार्यकाल सकिएपछि सो पदमा कार्यकारी निर्देशक नियुक्ति हुन सकेको थिएन ।

भण्डारी यसअगाडि नार्कमै निमित्त कार्यकारी थिए। तीनवर्षमा चार कृषि मन्त्री फेरिए तर कृषि अनुसन्धान परिषद्ले एक जना कार्यकारी निर्देशक पाउन सकेको थिएन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार