सल्यानमा ९८ जना शिक्षकले एक वर्षदेखि तलब पाएनन्

सल्यानमा ९८ जना शिक्षकले एक वर्षदेखि तलब पाएनन्

काठमाडौँ । सल्यानमा १० स्थानीय तहका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत ९८ जना शिक्षकले एक वर्षदेखि तलब पाउन सकेका छैनन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षण सिकाइ सहयोग अनुदानबाट भर्ना गरिएका शिक्षक तलबबाट वञ्चित भएका हुन् ।

मन्त्रालयले शून्य तथा एक मात्र दरबन्दी भएका सामुदायिक विद्यालयलाई अनुदान दिँदै आएको छ । तर लामो समयदेखि अनुदान नपाउँदा मावि तहका २९, निमाविका ६० र प्राथमिक तहका ९ शिक्षकहरु तलब पाउन बाट वञ्चित भएका छन । तलब नपाउँदा जीविकोपार्जनमा समस्या भएको बन्गाडकुपिण्डे नगरपालिका–८ स्थित जनज्योति माविका शिक्षक ओमप्रकाश बुढाथोकीले बताए ।

लामो समयदेखि तलब नपाउँदा आफन्त र छिमेकीसँग सरसापटी गरेर घरखर्च चलाउनु परेको शिक्षकहरुको गुनासो छ । अहिले बेतलबी बनेका शिक्षकहरु तलब माग्दै शिक्षा विकास तथा समन्वय इकाईमा ‘डेलिकेसन’ मा आएका छन् । मन्त्रालयले तलबबारे निर्णय नगर्दा जिल्लाभरिका शिक्षक मर्कामा परेको शिक्षण सहयोग अनुदान संघर्ष समितिका संयोजक दिपेन्द्रप्रकाश ओलीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार