गोठ भत्किँदा एक जनाको मृत्यु

गोठ भत्किँदा एक जनाको मृत्यु

बुटवल । सोमबार दिउँसो पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको वडा नंं. ७ डबकामा आज दिउँसो गोठ भत्किँदा गोठ मालिक ५५ वर्षका हरि लम्तरीको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै गोठ भत्किँदा ४८ वर्षका अम्बरबहादुर पेग्नी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ । अबिरल वर्षाका कारण झरीले जमिन गलेर गोठ भत्किएको प्रहरीले अनुमान गरेको छ । गोठ भत्किँदा एउटा भैंसी, पाडो र बाख्रासमेत च्यापिएर मरेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार