छुवाछूतका घटनामा मिडियाको दृष्टिकोण नामक पुस्तकको विमोचन

छुवाछूतका घटनामा मिडियाको दृष्टिकोण नामक पुस्तकको विमोचन

काठमाडौं । पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘जातीय भेदभाव तथा छुवाछूतका घटनामा मिडियाको दृष्टिकोण’ नामक पुस्तकको विमोचन गरिएको छ । गौरा नेपालीको अध्यक्षतामा दलित महिला केन्द्र नेपालद्वारा आयोजित विमोचन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रदेश नंं २ का प्रदेश प्रमुख तिलक परियारले सो पुस्तकको विमोचन गर्नुभएको थियो ।

पुस्तकमा गत जेठ १० गते रुकुम पश्चिम, चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा भएको घटनाबारे नेपालका पत्रपत्रिका छापा माध्यमले प्रकाशन गरेका समाचार, सम्पादकीय र लेखलाई तथ्यमा आधारित भएर विश्लेषण गरिएको लेखक तथा पत्रकार दर्नालले बताउनुभयो ।

पुस्तकमा समाविष्ट तथ्यअनुसार काठमाडौँबाट प्रकाशित आठ दैनिक पत्रिकाको समाचार हेर्दा ७२÷७२ प्रतिशत समाचारले रुकुम घटना जातीय भेदभाव तथा छुवाछूतका कारणले भएको औँल्याएका छन् भने ४७÷५५ प्रतिशत समाचारले हत्या भएको समचारमा उल्लेख गरेको उहाले भन्नुभयो ।

प्रदेश प्रमुख परियारले जातीय भेदभाव तथा छुवाछूतका घटनामा मिडियाको भूमिकालाई जोडेर लेखिएको पुस्तकले दलित आन्दोलनलाई सहयोग पुग्ने अपेक्षा राखेको बताउनुभयो । सो कार्यक्रममा पुर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्री सदस्य मा। मीन विश्वकर्मा र लक्ष्मी परियारले जातीय भेदभाव तथा छुवाछूतका विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार