मंगलबार १५१३ कोरोना संक्रमित थपिए

मंगलबार १५१३ कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ८९१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ। आज थपिएकामध्ये आधा भन्दा बढी काठमाडौंका छन्। काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। यो कुल संक्रमितको ७३.६ प्रतिशत हो। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार