अदालतबाट श्रीमानको हत्या आरोपित महिलालाई छाडिएको विरोधमा प्रदर्शन

अदालतबाट श्रीमानको हत्या आरोपित महिलालाई छाडिएको विरोधमा प्रदर्शन

मुसिकोट । रुकुम पश्चिममा श्रीमानको हत्या गरी भीरबाट फ्याँकेको आरोपमा पक्राउ महिला अदालतबाट छुटेपछि । पतिको हत्या आरोपमा पक्राउ परेकी महिलालाई छाडिएको भन्दै मंगलबार जिल्ला सदरमुकाम खलंगामा प्रदर्शशन गरिएको छ । बाँफिकोट गाउँपालिका–१० का स्थानीयले प्रर्दशन गरेका हुन् । बाँफिकोट गाउँपालिका–१० का ३६ वर्षीय भीमबहादुर बुढाको हत्या गरेको भन्दै उनकी श्रीमती २२ वर्षीया अन्जना पुन बुढालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालतले आइतबार अन्जनालाई साधारण तारेखमा छाड्न आदेश गरेपछि भीमबहादुरका बुवा–आमा, दाइ–भाउजु र आफन्तहरु प्रदर्शनका लागि सदरमुकाममा आएका थिए । अन्जनाले स्वयम् अपराध स्वीकार्दा समेत साधारण तारेखमा छाड्नु दुस्खद् भएको उनीहरुको भनाइ छ ।

जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलाशले ‘तत्काल प्राप्त प्रमाणहरुबाट अभियोग दाबी अनुसारको कसुर गरेको भन्ने कुरा विश्वास गर्ने आधार नदेखिएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी’ साधारण तारेखमा छोडेको थियो । मृतकका आफन्तले भने श्रीमतीले आरोप स्वीकार गर्दागर्दै छोडिएको आरोप लगाएका छन् । भीमबहादुर भदौ १४ गते मृत अवस्थामा फेला परेका थिए ।

भदौ १० गते घरबाट हराएका उनलाई स्थानीयले स्थानीय टुटुरे जंगलमा मृत अवस्थामा भेटाएका थिए । अनुसन्धान गर्दै जाँदा अन्जनामाथि शंका गएपछि प्रहरीले भदौ १७ गते उनलाई पक्राउ गरेको थियो । खाटमा धकेली, खाटमा लागेको रगतसमेत देखिएको अवस्थामा पक्राउ परेकी अन्जनालाई छाडेपछि अन्याय भएको मृतककी आमा बरणी बुढाले बताइन् । ‘हत्या गर्दा रगत लागेको खाटका फ्ल्याकहरु बाख्राको खोरमा र अरु काठ घरको माथिल्लो कोठामा लुकाइएको अवस्थामा फेला परेका छन्,’ उनले भनिन्, ‘शव बोकेको डोको र चुरासमेत भेटिँदासमेत प्रमाण नपुगेको भनेर छोडियो ।’ अन्जनाविरुद्ध भीमबहादुरका माइला दाइ शशिरामले कर्तव्य ज्यानको उजुरी दिएका थिए । भीमबहादुरको परिवारले १० गते नै अन्जनाले भीमबहादुरको हत्या गरी डोकोमा राखेर भीरबाट खसाएको बताउँदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार