बैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीलाई कोरोना पुष्टि पछि श्रम स्वीकृति बन्द

बैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीलाई कोरोना पुष्टि पछि श्रम स्वीकृति बन्द

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि श्रम स्वीकृति दिने काम बन्द भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले फ्रन्ट लाइनमा कार्यरत एक कम्प्युटर अप्रेटरमा कोरोना संक्रमण पुष्टि भएसँगै अर्को सूचना जारी नहुँदासम्मका लागि कार्यालयका सबै सेवा बन्द गर्नु परेको बताए।

‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ उनले भने, ‘कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।’ लकडाउनपछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार