मकवानपुरमा माइक्रोले ट्रयाक्टरलाई ठक्कर दिँदा नौ जना घाइते

मकवानपुरमा माइक्रोले ट्रयाक्टरलाई ठक्कर दिँदा नौ जना घाइते

तस्बिर साभार : दैनिक हात्तीसुँडे सन्देशको फेसबुकबाट।

काठमाडौँ । मकवानपुरको हेटौंडामा ट्रयाक्टरलाई माइक्रो बसले ठक्कर दिँदा नौ जना घाइते भएका छन्। आज बिहान ९१५ बजे हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रयाक्टरलाई माइक्रोले ठक्कर दिएको थियो।

ना ५ त ७७०० नम्बरको ट्रयाक्टरलाई ना १ ज ८६८५ नम्बरको माइक्रोले पछाडिबाट ठक्कर दिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। ठक्करपछि दुबै गाडी पल्टिएको थियो।

अहिले दुबै चालक प्रहरी सम्पर्कमा छन्। सो दुर्घटनामा घाइते भएका नौ जनाको अवस्था सामान्य रहेको डिएसपी रानाले बताए। उनीहरूको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार