प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कोरोना सङ्क्रमण

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कोरोना सङ्क्रमण

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कामकै सिलसिलामा आफूलाई कोरोना पुष्टि भएको ज्ञवालीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

ज्ञवाली अहिले होम आइसोलेशनमा बस्नुभएको छ । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि ज्ञवालीले बताउनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार