आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना देखियो

आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना देखियो

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना संक्रमण देखिएको छ । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि बुधबार गरिएको स्वाब परीक्षणको बिहिबार रिर्पोट पोजेटिभ आएको आयल निगम स्रोतले जनाएको छ ।

तीन दिनदेखि सुख्खा खोकी लागेपछि निर्देशक पौडेल घरमै आइसोलेसनमा बस्दै आएका छन । संक्रमित पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै घरको आइसोलेसनमा छन् । यस्तै आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई आवश्यक सर्तकता अपनाउन पौडेलले आग्रह गरेको निगमले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार