आज हालसम्मकै धेरै २७२२ जनामा कोरोना संक्रमण

आज हालसम्मकै धेरै २७२२ जनामा कोरोना संक्रमण

काठमाडौँ । शुक्रबार देशभर २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको । योसँख्या हालसम्मकै धेरै हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।क्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ। यस अवधिमा मृतक थप ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार