प्रदेश ५ को नाम र राजधानीको प्रस्तावमाथि अन्तिम टुंगो लगाउन १९ गते मतदान

प्रदेश ५ को नाम र राजधानीको प्रस्तावमाथि अन्तिम टुंगो लगाउन १९ गते मतदान

काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएको छ। प्रदेशका ५ कानुनमन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट सो प्रस्ताव प्रदेशसभामा पेस गरेका हुन्।

प्रस्तावमाथि अन्तिम टुंगो लगाउन १९ गते मतदान हुने प्रदेशसभा सचिवालयले कार्यसूची बनाएको छ। दिउँसो १२ बजे संसदमा मतदान हुने प्रदेशका सभामुख पूर्ण घर्तीको स्वकीय सचिवालयले जानकारी दिएको छ।

प्रदेशको राजधानी र नामको प्रस्तव संसदमा पेस गरेपछि शनिबार बिहान नेकपा संसदीय दलले बैठक बोलाएको छ। बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको हो। नेकपा प्रदेश कमिटीले आफ्ना सांसदरहरूलाई सरकारले ल्याएको पक्षमा मतदान गर्न अनौपचारिक ह्विप जारी गर्न बैठक बोलाएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने विषयमा सहमति भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार