दाङको भालुवाङ क्षेत्रमा जग्गा किनबेचमा प्रदेश सरकारले लगायो रोक

दाङको भालुवाङ क्षेत्रमा जग्गा किनबेचमा प्रदेश सरकारले लगायो रोक

काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङका लागि प्रस्ताव गरिएपछि तयस क्षेत्रका जग्गामा कित्ताकाट तथा किनबेचमा रोक लगाइएको छ। शुक्रबार प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका जग्गा किनबेच र कित्ताकाटमा रोक्का गरिएको जानकारी गराइएको हो।

दाङको राप्ती गाउँपालिकाका पूरै भाग, गढवा गाउँपालिकाका वडा नम्बर १,२ र ३ का साथै अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ मा जग्गाको कित्ताकाट र किनबेचमा रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखाका सचिव भरतमणी सुवेदीले जानकारी दिए।

यस क्षेत्रमा प्रदेश राजधानीका संरचरना बनाउन जग्गाको अभाव नहोस् र जग्गाको अस्वभाविक कारोबार नबढोस् भनेर यस्तो निर्णय गरिएको स्रोतले जानकारी दियो। दाङको भालुवाङलाई राजधानी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा शुक्रबार पेस भएको छ। अब असोज १९ गते सो प्रस्तावको टुंगो लाग्नेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार