जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटना, वडाध्यक्षसहित ६ जनाको मृत्यु

जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटना, वडाध्यक्षसहित ६ जनाको मृत्यु

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकामा आज जीप दुर्घटना हुँदा बडाध्यक्ष सहित ६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । एक जना गंभिर घाईते भएका छन् । जाजरकोट खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका वडा नम्बर. १ औलभीरमा दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर. ११ का वडाध्यक्ष अमरबहादुर शाही, साेहि वडाकै ६२ बर्षिय कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय कृष्णबहादुर शाही र मटेलाकी २५ बर्षिया मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । एक जना मजकोट खोलामा बेपत्ता भएका छन् ।

वडा नम्बर ११ का नरबहादुर बुढा गंभिर घाईते भएका छन् । उनको उपचारका लागि जिल्ला सदरमुकाम खलंगा ल्याईदैछ । औलभीरबाट खसेको गाडी करीव दुई सय मिटर तल रहेको मजकोट खोलमा परेको थियो । अहिले गाडी खोलामै छ । वडाध्यक्ष शाहीको सव मात्र निकालिएको छ । घटनास्थल सदरमुकाम खलंगा देखि २० कोष पश्चिम पर्दछ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार