आत्महत्या दुरुत्साहन अभियोगमा श्रीमान जेल चलान

आत्महत्या दुरुत्साहन अभियोगमा श्रीमान जेल चलान

रुकुम पश्चिम ।  श्रीमतीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा श्रीमानलाई कारागार चलान गरिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १४ निवासी देवराज भन्ने दिनेश ओलीलाई आफ्नै श्रीमतीको आत्महत्या दुरुत्साहनको मुद्धामा थुनामा राख्न आदेश भएको जिल्ला अदालत रुकुम पश्चिमले जनाएको छ ।

बुधबार जिल्ला अदालतमा सम्पन्न थुनछेक बहस पछि अदालतले ओलीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको जिल्ला अदालत रुकुम पश्चिमका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । श्रेष्तेदार बोहराका अनुसार, ओली बिरुद्ध आफ्नै श्रीमती करुणा पुनको आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्धा दायर भएको थियो । मंगलबार अदालतमा दर्ता भएर भोलिपल्ट बुधबार नै उक्त मुद्धाको थुनछेक बहस सकिएपछि आदेश भएको थियो ।

भदौ २४ गते राती आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा करुणाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक हरि बहादुर ओलीले बताउँनुभयो । २८ गते करुणाका दाई भिउदे पुनले ओली बिरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुद्धा दायर गरेका थिए ।

आवश्यक अनुसन्धान पछि जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ । आत्महत्या दुरुत्साहन मुद्धामा तत्काल सुुनुवाई भएर थुनामा राख्न आदेश भएको यो जिल्लाको पहिलो मुद्धा हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार