डा. केसीको समर्थनमा रुकुम पश्चिममा भोक हड्ताल

डा. केसीको समर्थनमा रुकुम पश्चिममा भोक हड्ताल

मुसिकोट । अनशनरत डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिन रुकुम पश्चिमको आठबीसकोट नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भोग हड्तालमा बसेका छन । नगर अस्पतालका डाक्टर विसद दाहाल र एचए पुरन केसी शुक्रबार राति १० बजेदेखि २४ घण्टे भोग हड्तालमा बसेका हुन् ।

सरकारसँग तत्काल डाक्टर केसीका माग पूरा गर्न दवाब दिँदै भोक हड्ताल थालेका हुन । डाक्टर गोविन्द केसीको अनशनलाई समर्थन गर्दै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा तत्काल एमबिबिएस सरहका पढाई सुरु गरी  कर्णालीमै डाक्टर तयार गर्ने माग राख्दै अनसन बसेको डा.विसद दाहालले बताएका छन्।

डाक्टर केसीको मागप्रति सरकार अहिले सम्म पनि गम्भिर नभएको डाक्टर दाहालले आरोप लगाएका छन। केसीले स्वास्थ्य क्षेत्रमा भएका बिकृती, विसंगती विरुद्ध पटक–पटक अनसन बस्दै आएपनि सरकार उनको माग पुरा गर्न गम्भिर नबनेको अरोप लगाएका छन । डाक्टर केसी आमरण अनसनमा बसेको आज २७ दिन पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार