२८ औं दिनमा अनशन तोडे डाक्टर केसीले

२८ औं दिनमा अनशन तोडे डाक्टर केसीले

काठमाडौं । सरकारसँग ८ बुँदे सम्झौता भएपछि डाक्टर गोविन्द केसीले २८ औं दिनमा आज अनशन तोडेका छन्। उनलाई कोरोना संक्रमणपछि निको भएका त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाएका हुन् । उनलाई अब आइसीयुमा भर्ना गरिने जनाइएको छ।

शनिबार राति शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको सरकारी पक्ष र डाक्टर केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो। राति त्रिवि शिक्षण अस्पतालमा डाक्टर केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार