आइतबार थप २०७१ जनामा कोरोना संक्रमण

आइतबार थप २०७१ जनामा कोरोना संक्रमण

काठमाडौँ । आइतबार २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। योसँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ।

त्यस्तै यस दिन १ हजर ५५२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट ७५ हजार ८०४ जना निको भएको मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिएका छन्, जसमध्ये ११४५ काठमाडौं, १६१ ललितपुर र ११० भक्तपुरका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ। पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार