कोरोना संक्रमितले लोक सेवा आयोगको परीक्षा दिन नपाउने

कोरोना संक्रमितले लोक सेवा आयोगको परीक्षा दिन नपाउने

काठमाडौँ । लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड ल्याएको छ। उक्त मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ।

‘परीक्षार्थी कोरोना संक्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्नेछ। संक्रमित परीक्षार्थीले केन्द्रमा प्रवेश गर्न हुने छैन,’ मापदण्डको ८ नम्बर विविध अन्तर्गत यस्तो व्यवस्था उल्लेख गरिएको छ।

कोरोनाबाट सिर्जना हुन सस्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गरी आयोगबाट सञ्चालन हुने प्रतियोगिताम्क परीक्षालाई प्रभावकारी र व्यवस्थित सञ्चालन गर्न आयोगले यस्तो मापदण्ड बनाएको उल्लेख गरेको छ।

सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाइएको हो। आयोगले असोजदेखि नै सहसचिव, उपसचिव र कात्तिकमा शाखा अधिकृत लगायतको विज्ञापन गर्ने तयारीसहित यो मापदण्ड ल्याएको हो।

पहिलो चरणको परीक्षा सकिए पनि आयोगले कोरोना महामारीका कारण दोस्रो चरणका परीक्षा पनि स्थगित गर्दै आएको थियो। अब ती परीक्षा पनि सञ्चालनको तयारीमा आयोग पुगेको छ। स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने आयोगले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार