थप ४ हजार ४७ जनामा कोरोना संक्रमण

थप ४ हजार ४७ जनामा कोरोना संक्रमण

काठमाडौ । सोमबार नेपालमा थप ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको उनले बताए।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ४७३ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ। अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २८३ जना संक्रमित भेटिएका छन्।  काठमाडौंमा १८८८ जना, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

सोमबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार