रुकुममा डोजरले किचेर एक जनाको मृत्यु , चालक फरार

रुकुममा डोजरले किचेर एक जनाको मृत्यु , चालक फरार

मुसिकाेट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा डोजरले किचेर एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ९ मलेगेनी खोला नजिकै सडक खन्ने क्रममा डोजर पल्टीएर किच्दा स्थानिय ३७ वर्षीय दिपेन्द्र ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता तथा प्रहरी निरिक्षक हरी ओलीले बताउनुभयो ।
उहाँका अनुसार गएराती ११ बजेर ४० मिनेटमा ओलीको घर नजिकै बाटो खनिरेहेको डोजर पल्टीदा ४० फिट तल गएको र डोजरले किच्दा ओलीको मृत्यु भएको हो । डोजरले फालेको बाँसहरु ढल्याउने क्रममा डोजरले किच्दा ओलीको मृत्यु भएको बताइएको छ ।
नविन कृष्ण कन्ट्रक्ससन प्रालीका सञ्चालक तेज बहादुर बोहराको रा १ क ११३७ नम्बरको डोजर रहेको र उक्त डोजर अहिले ठेकेदार कमल बुढा मार्फत सूचारु भैरहेको प्रहरीले जनाएको छ । डोजर चालक भने फरार रहेका छन ।
यसैविच मृतक ओलीको आफन्तहरु भने आन्दोलित भएका छन उनिहरुले अहिले सम्म शव बुझेका छैनन । दोषीलाई कार्वाही नभए सम्म शव नबुझ्ने आफन्तहरुको अडान छ । अहिले दुबै पक्षलाई बोलाएर छलफल भैरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार