सीएमए पढेका नारद नक्कली डाक्टर बनेपछि

सीएमए पढेका नारद नक्कली डाक्टर बनेपछि

काठमाडौँ । वीरगञ्जमा नक्कली डाक्टर बनेर बिरामीको उपचार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वीरगञ्जको बिन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेली पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई दुई दिन अघि असोज २३ गते नै पक्राउ गरेको भएपनि आज सोमबार सार्वजनिक गरेको छ । वीरगञ्ज–२ छपकैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा कार्यरत उनले डाक्टर शिवशंकर यादवको नाममा आफैंले बिरामीहरुको चेकजाँच गरी औषधि उपचार तथा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड समेत गर्ने गरेको उजुरी प्रहरीकोमा आएको थियो ।

डाक्टरको नाममा प्रयोग गरेर आफैंले बिरामी चेकजाँच गरेर बिरामी र आफन्तलाई ठग्ने गरेको गुनासो आएपछि नारदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

‘सीएमए मात्रै पढेका उनले डाक्टरको नाममा सबै काम आफैंले गर्दै आएका रहेछन् ,’ उनले भने, ‘गुनासो आएपछि पक्राउ गरेर ल्याएका छौं । कारबाही प्रक्रिया अघि बढेको छ ।’

उनी विरुद्ध मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरिएको छ । अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार