स्वास्थ्य संस्था नवीकरणमा कडाई, स्वास्थ्यकर्मीको तलबभत्ता भुक्तानीको विवरण अनिवार्य

स्वास्थ्य संस्था नवीकरणमा कडाई, स्वास्थ्यकर्मीको तलबभत्ता भुक्तानीको विवरण अनिवार्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजहरुको नवीकरणमा कडाई गरेको छ। मन्त्रालयले यी संस्थाहरुले नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलबभत्ता बैंक मार्फत भुक्तानी गरेको विवरण प्राप्त भएपछि मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार अस्पताल सञ्चालन स्वीकृति तथा नविकरण गर्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

निजी तथा गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले न्यून तलबमा काम गर्नुपरेको, अस्पतालले तलबमा शोषण गरेको, समयमा तलब नदिएको भन्दै नर्सिङ संघले यी समस्या समाधानका लागि मन्त्रालयमा पत्र पठाएको थियो।

मन्त्रालयले निजी, सामुदायीक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य सस्थाहरुले स्वास्थ्य उपकरणको आयात अनुमती, भन्सार छुट लगायतका सिफारिस गर्नुअघि अनिवार्य रुपमा त्यस संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा जनशक्तिको तलबभत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गरेको कागजपत्र बुझाएपछि मात्र पाउने भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार