खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाइते, एकको अवस्था गम्भीर

खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाइते, एकको अवस्था गम्भीर

कैलाली । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा धनगढीमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ ।

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

प्रहरी निरीक्षक हिकमत थापाको नेतृत्वको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल पुराएको थियो । उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार