फरार भएका श्यामकिशोर ३३ वर्षपछि पक्राउ

फरार भएका श्यामकिशोर ३३ वर्षपछि पक्राउ

जनकपुरधाम । बाराको सिम्रौनगढका जयमं‌गल प्रसादको हत्या गरी फरार भएका श्यामकिशोर प्रसाद कुशवाहा ३३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका-७ बस्ने कुशवाहाले २०४४ साल भदौ ५ गते तत्कालिन कोहलपुर (हाल सिम्रौनगढ नगरपालिका-६) बस्ने जयमंगल प्रसादको हत्या गरी फरार भएका थिए । उक्त हत्या घट्नामा बारा जिल्ला अदालतले २०४७ साल असोज २८ गते कुशवाहाविरुद्व १० वर्ष कैद सजाय सुनाएको थियो ।

कैद सजाय पाएपनि फरार रहेका उनलाई प्रदेश प्रहरी जनकपुरधाम र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको संयुक्त टोलीले नेपाल भारत सीमा क्षेत्र सिम्रौनगढ नगरपालिका-२ बाट बुधबार बिहान नियन्त्रणमा लिएको हाे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार