म्याग्दीमा जीप दुर्घटना हुँदा ११ जना घाइते, एक जनाको ज्यान गयो,

म्याग्दीमा जीप दुर्घटना हुँदा ११ जना घाइते, एक जनाको ज्यान गयो,

म्याग्दी । शुक्रबार म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका-६ को ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेमा अन्नपूर्ण गाउँपालिका-२ को भूरुङ–तातोपानीकी १० वर्षीया बालिका रिया विक रहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका रघुगंगा-६ को पाखापानीका ३० वर्षीय चालक नन्दलाल छन्त्याल, आठ वर्षीया दीक्षा शेरपुजा र बेनी नगरपालिका-८ को बेनीका ४२ वर्षीय दलप्रसाद गौचनलाई थप उपचारका लागि पोखरा रेफर गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिएका छन।

त्यस्तै अन्नपूर्ण-२ को भूरुङ–तातोपानीकी टकमाया विक, रघुगंगा-६ को पाखापानीका ३० वर्षीय वसन्त छन्त्याल, ५० वर्षीया अप्सरा पाईजा, २० वर्षीया सिर्जना शेरपुजा, ४० वर्षीया ठककुमारी शेरपुजा, १४ वर्षीया दिवा शेरपुजा, माया छन्त्याल र सात वर्षीया इच्छा शेरपुजा घाइते भएका छन । घाइतेहरुको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार