कुमार बिकका खुट्टा छिनाल्ने दुई जना पक्राउ

कुमार बिकका खुट्टा छिनाल्ने दुई जना पक्राउ

काठमाडौँ । दाङमा खुट्टा छिनाल्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-११ का ४५ वर्षीय कुमार (कमारा) बिकको खुट्टा छिनाल्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको चार दिनपछि शुक्रबार पत्रकार सम्मेलन गरी तुलसीपुर-१० पढ्ढाका २४ वर्षीय अमृत चौधरी र तुलसीपुर-१६ उत्तर कुररियाका २२ वर्षीय पवन चौधरीलाई सार्वजनिक गरेको हो।

उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । उनीहरुको साथबाट आक्रमणमा प्रयोग गर्न प्रयोग गरिएको एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्न रहेको अबस्थामा लगाएका कपडाहरु बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनाले बिकको खुट्टा आफूहरूले खुर्पाले हानेर छिनालेको स्वीकारेका छन। पक्राउ परेका अमृत र पवन ज्वाइँ जेठान हुन्। गम्भीर घाईते भएका विकको भारतको लखनउमा उपचार भइरहेको छ ।

कात्तिक १० गते दशैको दिन साँझ १० बजेतिर तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीमा पुकार पसलबाट पढ्ढा तर्फ जाने सडकमा बिकलाई आक्रमण गरिएको हो । भाञ्जाको विहेबाट भोजमा सहभागी भई एक्लै घरतर्फ जाँदै गरेको अबस्थामा बिकमाथि आक्रमण भएको प्रहरीले बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार