ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

जाजरकोट । सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो। जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार