अभियानकै रूपमा गुर्जो रोप्दै ट्राफिक प्रहरी

अभियानकै रूपमा गुर्जो रोप्दै ट्राफिक प्रहरी

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा शनिबार गुर्जोको बिरूवा रोपेको छ ।

पछिल्लो पटक निकै प्रयोगमा आएको गुर्जो तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच/पाँचवटा गुर्जोको बिरूवा रोपिएको हो । कोभिड–१९ को रोकथाम र उपचारका लागि गुर्जो उपयोगी मानिन्छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो ।

प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिइएको बताए । आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले महाशाखालाई गुर्जोका ती बिरुवा प्रदान गरेको प्रवक्ता यादवले जानकारी दिए । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार