काभ्रेका सिडिओलाई कोरोना संक्रमण, अतिआवश्यक बाहेकका सेवा बन्द

काभ्रेका सिडिओलाई कोरोना संक्रमण, अतिआवश्यक बाहेकका सेवा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले सूचना जारी गर्दै सिडिओ पोखरेललाई कोरोना संक्रमण देखिएको पुष्टि गरेकी हुन्।

उनले सिडिओमा संक्रमण देखिएको हुँदा कार्यालयको सेवा स्थगन गर्ने जानकारी गराएकी हुन्। उनका अनुसार सिडिओसँगै कार्यालयका अन्य कर्मचारीहरूमा पनि कोरोनाको मिल्ने लक्षण देखिएको छ।

त्यस्तै कार्यालयबाट कात्तिक १८ गते देखि २४ गतेसम्म अतिआवश्यक बाहेकका सेवा दिइने छैन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार