पछिल्लो २४ घण्टामा २९३३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २९३३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार