सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु

सांकेतिक तस्बिर

कैलाली । कञ्चनपुरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–२ महुलियामा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका–४ बस्ने ३५ वर्षीय गणेश रानाको मृत्यु भएको हो ।

शुक्रबार राति सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा निसासियर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरुको शव राति नै निकालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार