त्रिविका सबै क्याम्पसमा कक्षा सञ्चालन गर्ने निर्णय

त्रिविका सबै क्याम्पसमा कक्षा सञ्चालन गर्ने निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि अन्तर्गतका सबै क्याम्पसमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
स्थानीय निकायले तोकेको स्वास्थ्य मापदण्ड अवलम्बन गरि कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिइएको छ। भौतिक उपस्थिति मार्फत कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधि अपनाउन सुझाइएको छ।

कोरोना संक्रमण बढेपछि लकडाउन सुरु भएसँगै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कक्षा रोकिएको थियो। प्रत्यक्ष उपस्थित भएर कक्षा सञ्चालन हुन नसकेपछि पछिल्लो समय अनलाईन कक्षा हुँदै आएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार