सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ। नेपाल र चीन दुबैले आज एकैपटक नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् । चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको समयमा यही मंसिर १० गते बुधबार बसेको मन्‍त्रिपरिषद बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको थियो ।

दुबै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको उचाइ सार्वजनिक हुनेछ। केही समयअघि मात्रै नेपाल र चीन दुबै देशले सगरमाथाको उचाइ मापन गरेका थिए ।

नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोग गरेर सगरमाथाको मापन गरेको हो । नेपालले पहिलोपटक ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जीएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक भएको मन्त्रालयले जनाएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

करिब २ वर्षअघि सरकारले सगरमाथाको मापन गर्न शुरु गरेको थियो । अहिलेसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ। यही उचाइलाई अन्तर्राष्ट्रिय जगतले पनि मान्यता दिँदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार