पुस २ बाट दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स

पुस २ बाट दिल्ली उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सले १७ डिसेम्बर (पुस २) बाट काठमाडौं-दिल्ली उडान गर्ने भएको छ। नेपाल सरकारको प्रस्तावमा भारत सरकारले एयर बबलमा उडान भर्न स्वीकृति दिएलगत्तै नेपाल एयरलाइन्सले पुस २ गतेबाट उडान गर्ने निर्णय गरेको हो।

भारतले बिहीबार दिउँदो काठमाडौं–दिल्ली, दिल्ली–काठमाडौंमा नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै एयर बबल उडान गर्न पाउने गरी दुई देशबीच उडान गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

सोही निर्णयपछि नेपाल एयरलाइन्सले पुस २ गतेबाट एयरबस-३२० बाट उडान सुरु गर्ने र यात्रुको चाप हेरेर वाइडबडीमार्फत् पनि उडान गर्ने जनाएको छ। एयर बबल उडान अन्तर्गत नेपाल एयरलाइन्स र एयर इन्डियाले दैनिक १-१ वटा उडान गर्नेछन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार