कलंकी ढुङ्गेअड्डा दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुल्यो

कलंकी ढुङ्गेअड्डा दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुल्यो

काठमाडौं । शुक्रबार बेलुका कलंकी दुर्घटनामा मृत्यु भएका एक जना र घाइते ७ जनाको पहिचान खुलेको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार दुर्घटनामा परी ओखलढुंगाका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको हो।

घाइते हुनेहरूमा सप्तरीका २६ वर्षीय रञ्जीत चौधरी, धादिङका ३६ वर्षीय रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका ३२ वर्षीय सुजन मानन्धर काठमाडौंको बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ छन्।

यस्तै कास्कीकी ३० वर्षीया सन्ध्या थिङ पनि घाइते भएकी छन्। घाइतेहरू ३० वर्षीय गणेश शर्मा र २२ वर्षीय साजन खत्रीको भने ठेगाना नखुलेको वृत्तका डिएसपी अपिलराज बोहराले जानकारी दिए। घाइतेमध्ये चौधरीको अवस्था गम्भीर छ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रक ढुंगेअड्डामा ब्रेक फेल भई दुर्घटना भएको हो। प्रदेश-२- ०३००१ ख १४२० नम्बरको  मालबाहक ट्रक साँझ ६ बजेतिर दुर्घटना भएको थियो। ब्रेक फेल भएर अनियन्त्रित बनेको ट्रकले अन्य ६ गाडीलाई पनि ठक्कर दिएको डिएसपी बोहराले जानकारी दिए।

दुर्घटनामा बा २ ज २०४७ नम्बरको ट्याक्सी, बा ४ च २२१ नम्बरको पिकअप भ्यान, बा ४ ख ३२५२ नमब्रको यात्रुवाहक बस र बा ५१ प ४९५१ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ। यस्तै प्रदेश ३- ०२००६ प १३४१ नम्बरको मोटरसाइकल र बा ४७ प २४१५ नम्बरको स्कुटरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार