दलित आयोगमा सिफारिस भएका रम्तेलद्वारा पद अस्वीकार

दलित आयोगमा सिफारिस भएका रम्तेलद्वारा पद अस्वीकार

काठमाडौँ । मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले राष्ट्रिय दलित आयोगको सदस्य सिफारिस गरिएका परशुराम रम्तेलले पद अस्वीकार गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत रम्तेलले आफ्नो सहमतिबिना नाम सिफारिस भएको जनाएका हुन् । गोरखाको फिनाम घर भएका रम्तेल पहिलो संविधान सभा सदस्यसमेत हुन् ।

‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी मन्त्रिपरिषद्वारा सिफारिस गरिएको राष्ट्रिय दलित आयोगको सदस्यमा मेरो नाम पनि उल्लेख भएको छ,’ उनले भनेका छन्, ‘सहमतिविपरीत नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको संवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु ।’

प्रधानमन्त्री केपी ओलीले चालेका कदम असंवैधानिक भएको उनले कान्तिपुरसँग बताए । ‘गणतन्त्र, संघीयतामाथि नै प्रहार छ, यस्तो अवस्थामा केपी ओलीले चयन गरेको पदमा जाने कुरो भएन,’ उनले भने, ‘मसँग सरसल्लाह नगरी सिफारिस गरेर कुनै अर्थ रहँदैन, सेतो छ भन्दैमा दूध भनेर विष पिउन भएन नि १’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार