गौरादहमा शंकास्पद वस्तु फेला

गौरादहमा शंकास्पद वस्तु फेला

झापाको गौरादहमा शंकास्पद वस्तु फेला परेको छ। शनिबार दिउँसो ३:१५ बजे गौरादह ७ स्थित भक्तबहादुर खत्रीको टिक बगानमा सोही ठाउँकी १५ वर्षीया गरिमा भुजेलले गाईबस्तु चराउन जाने क्रममा धमिराले खनेको दुलोमा डल्लोजस्तो देखेर उनले ४० वर्षिया हिमा पौडेललाई खवर गरेकी थिइन्।

दुवैले लाठीको सहायताले बाहिर निकाली हेर्दा प्लाष्टिकमा पोको पारेको बमजस्तो वस्तु देखिएको थियो। त्यसपछि घटनास्थलमा अस्थायी प्रहरी चौकी जुरोपानीबाट खटिएको प्रहरीको टोलीले उक्त स्थान सुरक्षित राखेको थियो।

थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट टोली खटिएर सो बमलाई चारआलीबाट गएको नेपाली सेनाको टोलीले राति ९‍:१५ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार