आज सरकार र उखु किसानबीच वार्ता हुँदै

आज सरकार र उखु किसानबीच वार्ता हुँदै

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीच आज वार्ता हुँदैछ ।

सरकार र आन्दोलनरत उखु किसानका प्रतिनिधिबीच आज वार्ता हुने भएको हो । उद्योग मन्त्रालयमा दिउँसो ३ बजेपछि वार्ताको समय तय भएको छ ।

मन्त्रालयले वार्ताका लागि बोलाएको र आफूहरुको मागप्रति सकारात्मक देखिएकाले वार्तामा जाने उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभयो ।

सरकारले आफ्नो माग पूरा हुने ग्यारेन्टी दिए मात्रै सरकारसँग सहमति गरिने उखु किसानको अडान छ । चिनी उद्योगीले पुरानो भुक्तानी नदिएपछि विगत १६ दिनदेखि सर्लाहीसहितका किसानले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

यसअघि सरकारले पटकपटक पुरानो भुक्तानी दिलाइदिने आश्वासन दिए पनि किसानले उखुको भुक्तानी पाउन सकेका छैनन् ।

किसानको आन्दोलन शुरु भएछि कतिपय उद्योगले किसानको भुक्तानी दिन थालेका छन् । चिनी उद्योगीले ९० करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको किसानको भनाइ छ । उता सरकारले ६५ करोड रुपैया मात्र बाँकी रहेको बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार