काठमाडौ । संसद विघटनको विरुद्धमा नेत्रविक्रम चन्द (विप्लव) समूह र तीन वटा अन्य दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन । विप्लव समूह, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाउने निर्णय गरेका हुन् ।
विदेशी शक्तिको आड भरोसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको र नागरिकका हकअधिकार कुल्चन खोजेको भन्दै मोर्चाले संयुक्त रुपमा संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।
संसद विघटनको कदम नेकपाभित्रको विवादसँग मात्रै सम्बन्धित नभएर संसदीय व्यवस्था नै असफलताको उदाहरण रहेको पनि विप्लव समूह र अन्य पार्टीको निष्कर्ष रहेको छ ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2020/12/133740342_278407987143277_7773333445798646855_n_LQbgQ2Rftq.jpg?resize=640%2C704&ssl=1)