काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मधेसका बासिन्दाले प्रदर्शन गरेका छन्। उनीहरुले धोती कुर्ता लगाएर शनिबार प्रधानमन्त्री ओलीको पक्षमा र्याली निकालेका हुन्। उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन्।
त्यस्तै र्यालीमा सहभागीहरुले ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं’, ‘साइबर सेना आउँदैछ’ जस्ता नारा लगाएका थिए । उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो। प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ।
तस्बिरहरू




