काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबार देशका विभिन्न भूभागमा मौसम बदली भइ जाडो बढ्ने बताएको छ । महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ ।
महाशाखाले आज बिहान मौसमसम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति भने प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।