काठमाडौँ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते सोमबार मुुलुुकभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ । नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी हुने छन् ।
सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।
तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदैआएको छ ।
पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको गौरवशाली नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पु¥याएको भनी राजनेताबाटै समेत उनको योगदानको सह्राना भएको छ ।
नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ । मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घुस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्र निर्माताको धारणा सदासर्वदा स्मरण योग्य छ ।