काठमाडौं । मुद्दा मिलाइदिने प्रलोभन देखाएर ९० हजार रुपैयाँ मागेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको टिष्टुङ पालुङ नगरपालिका-१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिवहादुर घलान रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टका अनुसार महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले घलानलाई काठमाडौंको स्वयम्भुबाट बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।
उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।