रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष) ले जिल्ला कमिटी पुर्नगठन गरेको छ। शनिबार लिवाङमा भएको ओली पक्षीय कार्यकर्ता भेलाले निमप्रसाद रोकाको संयोजकत्वमा ७७ सदस्यीय ‘अभियान संचालन कमिटी’ बनाएको हो।
केन्द्रीय सदस्य ईश्वरी जिएमले पछिल्लो घटनाक्रमबारे अभियान संचालन गर्न अन्तरिमकालीन कमिटी बनाएको जानकारी दिइन। अभियान संचालन गर्न सजिलो होस् भनेर दुई महिनाका लागि कमिटी बनाइएको हो।
रोल्पामा इन्चार्ज, अध्यक्ष र सचिव प्रचण्ड–माधव पक्षमा छन्। त्यस्तै आजको भेलाले १७ माघमा जनवर्गीय संगठनको समेत भेला आयोजना गर्ने निर्णय गरेको छ।


 
					
							 
			 
                             
                             
                             
                             
                            