काठमाडौं। पठाओका चालक र यात्रु दुवैको बिमा हुने भएको छ । पठाओ नेपाल प्रा, राईड शेयरिङ तथा फुड डेलिभरी एपले ग्राहक र राईडर चालकको बीमा गरेको हो। पठाओ नेपालले एभरेस्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारीपत्रमा हस्ताक्षर गरेको प्रालिका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै बीमा सुविधा ग्राहक र चालक दुवैको हकमा लागू हुने जानकारी दिएका छन् ।
राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर चालकको दुर्घटनाका कारणले मृत्यु, अपाङ्गता भएमा बढीमा ५ लाख रुपैयाँसम्म बीमाबाट उपलब्ध हुने छ। कुनै पनि ग्राहक तथा राईडर चालकले १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउने छन्।
यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपछि ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ।पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राईडर चालकले यो सुविधा पाउने छन्।
त्यसैगरी पठाओका प्यासेन्जरले बीमा दावीको लागि एपमा आफ्नो नाम र जन्म मिती सही राख्नुपर्ने छ ।


 
					
							 
			 
                             
                             
                             
                             
                            