नेपालगञ्ज । दाङका ६५ वर्षीय कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, माघ २ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका पुरुषलाई कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा रिफर गरिएको थियो।
रोगको प्रकृति अनुसार भेरीमा उपचार गरियो । शान्तिनगर–६, दाङका उनको उपचारको क्रममा शनिबार राती मृत्यु भएको छ ।