काठमाडौँ। नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध अगामी माघ १९ गते विरोध प्रदर्शन गर्न ७७ वटै जिल्लामा परिपत्र गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार माघ १९ गते सबै भातृ संगठनहरुलाई संयुक्त रुपमा विरोध प्रदर्शन गर्न तरुण दलले परिपत्र गरेको तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेत जानकारी दिएका छन ।
यस्तै नेपाल तरुण दलले माघ १६ गते शहिद दिवसको अवसरमा शहिदहरुको सम्मानमा कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न रचनात्मक एवं सिर्जजनात्मक कार्यक्रम गर्ने जनाएको छ।


 
					
							 
			 
                             
                             
                             
                             
                            